काेराेना कहर विचकाे कुलपूजा

२०७६ काे अन्त र २०७७ सालकाे सुरूदेखि नै काेराेनाकाे महामारीबाट त्रसित विश्व अन्तत लकडाउनकाे सहारा लिन पुग्याे भने लहलहैमा हामीलाइ पनि हाम्राे सरकारले बन्दि बनायाे । विश्व परिवेश अनि त्रसित सरकार र त्रसित जनता। काेराेनाकाे कहरले सर्वसाधारण जनतालाइ भाेक भाेकै टडपाइरहेकाे  थियाे भने सरकार तमासे भइरहेकाे  थियाे । तर हुने हार दैव न टर भने झै काेराेना किन शान्त हुन्थ्याे र ? एक  दिन दुइ  दिन हुदै काेराेनाले अाफ्नाे रूप विस्तारै गरिरहेकाे थियाे यत्राे लकडाउनकाे अस्त्रमा पनि । जनस्तरबाट बिराेधका अावाजहरू अाउन थाले पछि सरकार पनि स्थानीय निकायलाइ अख्तियारी दिएर अाफ्नाे अनुहार बचाउन लाग्याे ।  

प्रत्येक २ वर्ष पछि तेश्राे वर्षमा सिंजाली परिवारका हामी दाजुभाइहरू भव्य रूपमा कुल पुजा गर्ने प्रचलन रहीअाएकाे छ । यस वर्ष अर्थात् २०७७ सालकाे मंसिर शुक्लपक्षकाे दशमीमा पनि भव्य रूपमा कुल पुजा गर्ने वर्ष रहेकाे  थियाे तर काेराेनाकाे सन्त्रास  विच दाजुभाइहरूकाे विच एउटा संन्देश प्रवाह गरियाेः मस्त कुलथान उत्थान तथा संरक्षण परियाेजना २०७७ काे नाममा । जसमा कुलथानकाे परिसरमा निरन्तर पानीकाे अापूर्तिकाेलागि विविध कामहरू गर्ने र साे परियाेजनाकाेलागि लगभग रू २६,५०० काे अनुमानित खर्चकाे अाकलन गरिएकाे  थियाे ।

यसै  विच अमेरिकाकाे म्यासाचुसेट, बुस्टाेनमा स्थायी बसाेबास गर्ने सन्ताेषीसंग सामान्य संवाद भयाे जसमा पूरै रकम वेहाेर्ने संकेत पाएपछि हामीमा उत्साह बढ्न गएकाे निश्चित रूपमा हाे । संवादकै क्रममा सन्ताेषीले अाफ्नाे बुबाकाे नामबाट रू ३०,०५५  पठाउने  निश्चित भयाे भने सुनिता बलाल थापाबाट रू ५,०५५  लिला थापा रू ५,००५ गंगा थापा फगामी रू ५,००५ र यमुना थापा रू १,००५  प्राप्त हुनेमा निश्चित भयाे । यही क्रममा अमर अादर्श मा.वि. का प्राचार्य हेमन्त थापाबाट अाफ्नी अामा मनरूपा थापाकाे स्मृतिमा रू १,००,०००  दिएपछि कुलथानकाे नाममा संचालन भएकाे खातामा केही माेटाे रकमहरू देखिन थाल्याे ।

२०७७ साल माघ ९ गतेकाे कुल पूजाकाेलागि माघ ५ गते  भिरकटेरी पुगिएका हामीहरू पूर्व निर्धारित याेजना अनुसार मुहान सरसफाइ तथा पानीकाे सुनिश्चिता गर्नकाेलागि मुहानमा जाने, ठाउँ ठाँउमा रहेका लिकेजहरू मर्मत गर्ने काममा स्थानीय युवाहरूलाइ परिचालन गरेर छुची खाेला जाने, रातापैरामा पाइप ममर्त गर्ने काम गरिएकाे थियाे ।


र अन्त्यमा २०७७ माघ ९ गते पूजा गर्ने  दिन त्रि.वि.वि वनस्पति शास्त्र  विभागका उप प्राध्यापक डा. लाल बहादुर थापाले धनगढिका दाजुभाइहरूकाे तर्फबाट रू १०,००० र मधुकर थापा मगरले छाेरा सुयश थापाकाे नामबाट रू ३,५५५ गरी कुल १३,५५५  कुलकाे नाममा अर्पण गर्नु भएकाे  थियाे । कुलपूजा गर्ने क्रममा कुलथान स्थापना गरेकाे जमिन बल बहादुर थापाकाे रहेकाे र साे जग्गा रू ५०,००० मा खरिद गरियाे भने स्व.श्री प्रेम बहादुर थापा र परिवारले कुललाइ चढाएकाे पल्लाेबारीकाे जग्गा रू ४९,००० मा  विक्री गरियाे ।

यस पटककाे कुलपूजा  विधी पूर्वक तर बली रहित गरियाे । विगतका पूजाहरूमा निर्दाेष बाेका, भेडा र कुखुरा गरी करीब २५।३० वटाकाे बली दिइएकाेमा यस वर्षकाे अहिंसात्मक पूजाले हिंसालाइ पूर्ण निरूत्साहित गरिदिएकाेछ । यस पटककाे कुल पूजामा अार्थिक रूपमा, भाैतिक रूपमा, नैतिक रूपमा सहयाेग गर्ने, सहभागीहुने र समर्थन गर्ने सम्पूर्ण दाजुभाइहरूलाइ धन्यवाद । 


 


Comments

Popular posts from this blog

Bhirkateri, Western Mountain Part of Nepal

सिंजाली परिवारका सम्पूर्ण दाजुभाईहरूमा हार्दिक अपिल

गाउले कुलथान बनाउन एकजुट