सिंजाली परिवारका सम्पूर्ण दाजुभाईहरूमा हार्दिक अपिल
यस वर्षको कुल पूजा मिती २०७१ मंसिर १५ गते (December 1, 2014) सोमवारको दिन परेकोछ । हामी हाम्रा कुल र वंशका सन्ततीहरू, हाम्रा कुल र पितृहरूको आशिर्वादले गर्दा, आ-आफ्नो विद्या र क्षेत्रमा आज हामी सबै पारंगत छौं यद्यपि हामीमा हाम्रा आफ्ना नितान्त व्यक्तिगत समस्याहरूको घेराबन्दी हुंदाहुदै ।
एक प्रसंग :
कुलको नाम ढुंगाको शिलामा लेखी राख्नु उपर्युक्त हुने विचारले हाम्रा कुलहरूको नाम छुट्टा छुट्टै शिलामा काठमाडौंमा तयार पारिएको थियो, जसलाई बक्तान धनगढी बस्ने लामा बाजे (श्री भक्त बहादुर थापा) काठमाडौंमा बसेको समयमा, सौभाग्यले जगाईदिनु भएको थियो । कुलको नाम अंकित त्यो जगाइएको शिलाहरू काठमाडौंबाट बोकी, यसै वर्ष २०७१ जेष्ठ महिनाको २५ गते (June 8, 2014) आइतवारको दिन कुलथानमा दूधधार दिने, कार्यक्रममा सहभागी हुने मौका मलाई प्राप्त भयो । कुलको नाम अंकित शिलाहरूमा दूधधार दिन सहभागी भएका हामी दाजुभाईहरूको सामान्य छलफलका क्रममा केही सोचहरू यस्ता तय भए ।
१. कुलको नाम अंकित जगाइएका यी शिलाहरू हराउने, टुट्ने फुट्ने हुन सक्छन अत: यिनीहरूको संरक्षणकोलागी मौज्दाद कुलथानको स्वरूपलाई कायम राख्दै त्यसमा सामान्य सुधार गरी उक्त शिलाहरू राखी व्यवस्थित थान बनाउने ।
२. थान वरपर रहेका ढुंगाहरू फुटाएर चिन्ने र सम्याउने ।
३. कुलथानमा पानीको असुविधाले पूजा गर्ने समयमा पानी गाउबाट बोकिदै अाएकोमा, यदि पाइपबाट थानमा नै पानीको व्यवस्था गर्न सकिन्छ कि ? सो को लागि पहल गर्ने ।
४. विद्यालय अध्ययन गर्न जाने आउने विध्यार्थीहरूको लागी र हामी आफैकोलागी कुलथानको बाटो केही फराकिलो र व्यवस्थित गर्ने ।
५. काठमाडौंमा वसोबास गरेका दाजुभाईहरू संग छलफलगरी आर्थिक स्रोत जुटाउने
६. स्थानिय दाजुभाइहरूले मंसिरको कुलपूजालाई लक्ष्य गरी दशै अगाडि काम सुरू गर्ने ।

आजको दिन सम्म आइपुग्दा हामीले हाम्रा सामान्य सोच र छलफललाई मूर्त रूप दियौं । काठमाडौंमा रहेका केही दाजुभाइहरूले आप्नो साधन स्रोत र क्षमता अनुसार आर्थिक क्षेत्रबाट सहभागिता जनाउने सौभाग्य प्राप्त गर्नु भयो ।
कुलथान सम्याउने, पाइप गाडी पानी ल्याउने तथा कुलथानको बाटो निर्माण तथा कुलथान बनाउने आदी काममा; हाम्रा आदरणीय बाजेबजैहरू, बाबाआमाहरू, काकाकाकीहरू, दाजुभाउजुहरू, प्यारा भाइबुहारीहरू तथा छोराछोरीहरू; तपाईहरू मध्ये कोही आर्थिक सहयोग गरी सहभागी बन्नु भयो त कसैले आफ्नो पसीना बगाउनु भयो । कसैले प्रेरणा जगाइदिनु भयो त कसैले हौसला बढाइदिनु भयो । चिया पकाएर र चिउरा भुटेर ल्याइदिने, मोही ओसारेर थकित र तिर्खालुको प्यास मेटिदिदै आफ्नो सहभागीता जनाएर फुरूंग भएकी .... हाम्री प्यारी लाटी फूपु ..... । तपाईहरू सबैको सदभाव, सहयोग, योगदान र समर्पणकोलागि हामी नतमस्तक छौं । तपाईहरू सबैलाई अमर राख्ने योजनामा छौं, कुलथानसंगै शिलालेखमा तपाईहरूको नाम लेखी राखेर ।
जो कोही, जसले हाम्रो कुलथानकोलागि निम्न लिखित कार्यहरूमा सहभागिता जनाउनेहरूको नाम रहनेछ ।
१. भू दान गर्नेहरू
२. श्रमदान गर्नेहरू
३. आर्थिक दानगर्नेहरू ( कम से कम रू १,००० भन्दा माथी )
४. अन्य (कुनै सुझाव भए.....)

फेसबुक प्रयोगकर्ता दाजुभाइहरू:
कुलको नाममा नै सही, आज सामाजिक संजालबाट भएतापनि तपाईहरू सबै संग गोलबन्ध हुने मौका पाएका छौं । तपाईहरूका सफलताका कथाहरू; हाम्रालागी प्रेरणा र हौसला तथा ब्यथाहरू; बेदना ब्यक्त गर्ने र समाधानकोलागि सोच्ने र सहकार्य गर्ने एउटा साझा मंच हुनेछ । हामी हाम्रा कुल र वंशका दाजुभाइहरू जो जहाँ जसरी रहेताभएता पनि आफ्ना ईज्जत, मान र प्रतिस्था; सदा सर्वदा क़ायम गरी बसेकाछौं भने भविष्यमा पनि कुलको नाम, इज्जत र प्रतिष्ठालाई अझ अघि बढाउन प्रयेत्न गरिरहनेछौं ।

यस वर्षको कुल पूजामा तपाईहरू सबै संग भेट्ने अभिलाषा राख्दै, कुलथान ब्यवस्थित गर्ने कार्यशालामा आफ्नो क्षमता अनुसार आर्थिक पाटोमा सहभागिता जनाउनुहुन समेत अपिल गर्दछौं ।
हामीले गर्ने कामहरू सदा सफल होस् । हामीमा सद् बुद्धि, सद् बिवेक यद् भाव आवस् । हाम्रा वंश, विद्या र सम्पत्ति फैलिदै जावस् । हामी सबैलाई कुलानको आशीर्वाद रहोस् । हाम्रा कुलानले हामी सबैको रक्षा गरुन् ।

Comments
Post a Comment