काेराेना कहर विचकाे कुलपूजा
२०७६ काे अन्त र २०७७ सालकाे सुरूदेखि नै काेराेनाकाे महामारीबाट त्रसित विश्व अन्तत लकडाउनकाे सहारा लिन पुग्याे भने लहलहैमा हामीलाइ पनि हाम्राे सरकारले बन्दि बनायाे । विश्व परिवेश अनि त्रसित सरकार र त्रसित जनता। काेराेनाकाे कहरले सर्वसाधारण जनतालाइ भाेक भाेकै टडपाइरहेकाे थियाे भने सरकार तमासे भइरहेकाे थियाे । तर हुने हार दैव न टर भने झै काेराेना किन शान्त हुन्थ्याे र ? एक दिन दुइ दिन हुदै काेराेनाले अाफ्नाे रूप विस्तारै गरिरहेकाे थियाे यत्राे लकडाउनकाे अस्त्रमा पनि । जनस्तरबाट बिराेधका अावाजहरू अाउन थाले पछि सरकार पनि स्थानीय निकायलाइ अख्तियारी दिएर अाफ्नाे अनुहार बचाउन लाग्याे । प्रत्येक २ वर्ष पछि तेश्राे वर्षमा सिंजाली परिवारका हामी दाजुभाइहरू भव्य रूपमा कुल पुजा गर्ने प्रचलन रहीअाएकाे छ । यस वर्ष अर्थात् २०७७ सालकाे मंसिर शुक्लपक्षकाे दशमीमा पनि भव्य रूपमा कुल पुजा गर्ने वर्ष रहेकाे थियाे तर काेराेनाकाे सन्त्रास विच दाजुभाइहरूकाे विच एउटा संन्देश प्रवाह गरियाेः मस्त कुलथान उत्थान तथा संरक्षण परियाेजना २०७७ काे नाममा । जसमा कुलथानकाे...