Posts

Showing posts from November, 2014

सिंजाली परिवारका सम्पूर्ण दाजुभाईहरूमा हार्दिक अपिल

Image
यस वर्षको कुल पूजा मिती २०७१ मंसिर १५ गते (December 1, 2014) सोमवारको दिन परेकोछ । हामी हाम्रा कुल र वंशका सन्ततीहरू, हाम्रा कुल र पितृहरूको आशिर्वादले गर्दा, आ-आफ्नो विद्या र क्षेत्रमा आज हामी सबै पारंगत छौं यद्यपि हामीमा हाम्रा आफ्ना नितान्त व्यक्तिगत समस्याहरूको घेराबन्दी हुंदाहुदै । एक प्रसंग : कुलको नाम ढुंगाको शिलामा लेखी राख्नु उपर्युक्त हुने विचारले हाम्रा कुलहरूको नाम छुट्टा छुट्टै शिलामा काठमाडौंमा तयार पारिएको थियो, जसलाई बक्तान धनगढी बस्ने लामा बाजे (श्री भक्त बहादुर थापा) काठमाडौंमा बसेको समयमा, सौभाग्यले जगाईदिनु भएको थियो । कुलको नाम अंकित त्यो जगाइएको शिलाहरू काठमाडौंबाट बोकी, यसै वर्ष २०७१ जेष्ठ महिनाको २५ गते (June 8, 2014) आइतवारको दिन कुलथानमा दूधधार दिने, कार्यक्रममा सहभागी हुने मौका मलाई प्राप्त भयो । कुलको नाम अंकित शिलाहरूमा दूधधार दिन सहभागी भएका हामी दाजुभाईहरूको सामान्य छलफलका क्रममा केही सोचहरू यस्ता तय भए । १. कुलको नाम अंकित जगाइएका यी शिलाहरू हराउने, टुट्ने फुट्ने हुन सक्छन अत: यिनीहरूको संरक्षणकोलागी मौज्दाद कुलथानको स्वरूपलाई कायम राख्दै त्यसमा सामा...

गाउले कुलथान बनाउन एकजुट

Image
भिरकटेरी गाउका सिंजाली परिवारका दाजुभाइ मिलेर स्थानीय सल्लेरीडाडामा रहेको आफ्नो कुलथानलाई ब्यबस्थित बनाउन लागि परेका छन्। सिंजाली परिवारका १८ घरका दाजुभाइ उक्त सल्लेरीमा रहेको प्राचिन थान वरपर  ढुंगा फोर्ने, चिन्ने लगाएत सम्माउने काम सम्पन्न गरी हाल थान बनाउने काममा ब्यस्त छन् येद्दापी गाउमा अन्न भित्र्यौने कामको मचो छ। स्मरण रहोस गाउले दाजुभाइ मिलेर कुलथान भन्दा करीब डेढ किलोमिटर टाढा रहेको रातापैरा बाट जंगलै जंगल भीरै भिर पानीको पाएप गाड्ने र पुर्ने काम भएको छ। कुलथनमा पानी आइपुग्दा शुभ साहित आकाशबाट समेत पानी परेको थियो भने, गाउबाट थान सम्म  पुग्नकोलागि बचतघर स्थित बसपार्कबाट माझघर हुदै सिरनघर र त्यहाबाट सिधै भीरको बाटो बनाएका थिए।  गाउलेहरुको ऐक्यबद्दता र मिहेनत एक अनुपम उदाहरणीय  रहेको छ।

गाउँको विकासकोलागि हाम्रो दायित्व

नेपाल गाउँ नै गाउले भरिएको देश हो। यिनै गाउहरू मध्ये मेरो गाउँ  पनि एक हो।  गाउमा जन्मिएका हामी, गाउमा बढियो, पढियो जसको फलस्वरूप रास्ट्रिय अन्तरास्ट्रिय स्तरमा परिचित हुन पुगियो।  के हाम्रो गाउँ प्रतिको  दायित्व    पूरा भयो त ? होइन, हाम्रो  दायित्व    थपिएको छ ।  दायितव थपिएको छ भन्नुको अर्थ हाम्रो गाउप्रति झन् जिम्मेबारी बढेको छ । हाम्रो शिक्षा ज्ञान शिप अनि हाम्रा  अनुभव को प्रयोजन गरी गाउको विकासको लागि हाम्रा समयको केहि समय लगानी गर्नु पर्छ।  मेरो गाउ भिरकटेरी।  समुन्द्र सतहबाट करिब २००० मिटरको उचाइमा रहेतापनि दक्षिण मोहोडा परिकोले पारिलो। हावा पानी स्वच्छ र प्राकृतिक हिसाबले अति रमणीय र बाग्लुंग सदरमुकामबाट लगभग ३०/३५ किलोमिटरको दुरीमा रहेकोछ।  आजको अवस्कता र लक्ष्य भनेको  तिलहर देखि  भिरकटेरी हुदै भेडेखोर, तुले डाडा  रातापैरा  र अर्को तर्फ़ मतिखन्न,  पोखरी र कलाबरी सम्मको भूभागको एकिकृत विकास हुदै पूरा रायडाडा गा वि स कै विकास हुनुपर्छ भन्ने हो ।  स्वा...

Bhirkateri, Western Mountain Part of Nepal

Bhirkateri, my birth village is the Western Mountain Part of Nepal. Rayadanda is the VDC which is about 30-35 KM from the Baglung. Bhirkateri means the village with Tilahara, Bhedekhor, Tuledanda, Ratapaira on oneside and Matikhhanna, Pokhari  and Kalawari on the otherside It's 2000 meter high in altitude from sea level but due to southern face the climate is very pleasant; whether it's on summer or winter. Road, electricity, telephone, water supply and cable network are connecting my village with the global society. We have born and grown in the village. Now we are well educated. Who will take care of our village? All most all the young generation are out of the village for education, job and foreign employment. Village is loosing all potential and energetic human resource so only old age manpower are sitting and waiting for some rays in the silver lining on the dark cloud.