गाउँको विकासकोलागि हाम्रो दायित्व
नेपाल गाउँ नै गाउले भरिएको देश हो। यिनै गाउहरू मध्ये मेरो गाउँ पनि एक हो। गाउमा जन्मिएका हामी, गाउमा बढियो, पढियो जसको फलस्वरूप रास्ट्रिय अन्तरास्ट्रिय स्तरमा परिचित हुन पुगियो। के हाम्रो गाउँ प्रतिको दायित्व पूरा भयो त ?
होइन, हाम्रो दायित्व थपिएको छ । दायितव थपिएको छ भन्नुको अर्थ हाम्रो गाउप्रति झन् जिम्मेबारी बढेको छ । हाम्रो शिक्षा ज्ञान शिप अनि हाम्रा अनुभव को प्रयोजन गरी गाउको विकासको लागि हाम्रा समयको केहि समय लगानी गर्नु पर्छ।
मेरो गाउ भिरकटेरी। समुन्द्र सतहबाट करिब २००० मिटरको उचाइमा रहेतापनि दक्षिण मोहोडा परिकोले पारिलो। हावा पानी स्वच्छ र प्राकृतिक हिसाबले अति रमणीय र बाग्लुंग सदरमुकामबाट लगभग ३०/३५ किलोमिटरको दुरीमा रहेकोछ।
आजको अवस्कता र लक्ष्य भनेको तिलहर देखि भिरकटेरी हुदै भेडेखोर, तुलेडाडा रातापैरा र अर्को तर्फ़ मतिखन्न, पोखरी र कलाबरी सम्मको भूभागको एकिकृत विकास हुदै पूरा रायडाडा गा वि स कै विकास हुनुपर्छ भन्ने हो ।
स्वास्थ, शिक्षा र रोजगार सरकारको दायित्व र जिम्मेबारी हो भने गाउको आधिनिकरण र विकासको लागि गाउमा नै उधम संचालन गरी रोजगारको सम्भावना बढाउनु गाउ समाज र देशको सेवा गर्नु हो भने सरकारलाई सहयोग गर्नु पनि हो। यसैले अरुको भन्दा हाम्रो दायित्व र जिम्मेबारी अझ बढी छ।
मेरो गाउँमा रहेका सम्भावनाहरू
१ मौरी पालन
२ ट्राउट माछा पालन
३ अदुवा खेती
४ बेसार खेती
५ अम्रिसो खेती
६ कागती खेती
७ टिमुर खेती
८ बाख्रा पालन
९ चीज बटर उत्पादन
१० अन्य बिविध उत्पादन र निकासी गर्न सकिन्छ
Comments
Post a Comment